
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शुक्रबार राति २ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलले पौडेलको मुटुको चालको निगरानी भइरहेको बताउनुभयो ।
अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालको निगरानी भइरहेको छ। राष्ट्रपतिको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ ।’
यसअघि मुटुमा समस्या देखिएर मंगलबार बिहान राष्ट्रपतिलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो । स्वास्थ्य परीक्षण सकिएपछि मंगलबार भर्ना भएका पौडेललाई बुधबार बिहान डिस्चार्ज गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

