
जनस्वास्थ्य सरोकार, नवलपरासी । दैनिक रुपमा रगतको माग बढ्दो भएपनी पश्चिम नवलपरासीमा यतिबेला रगत अभाव देखिएको छ।
गर्मीको समयमा रगतको माग बढ्दै गएको र रक्तदानका कार्यक्रममा कमी हुँदा रगत अभाव भएको हो । जस्का कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ ।
विभिन्न संघ सस्थाहरुले आयोजना गर्ने रक्तदान कार्यक्रमहरू हुन नसक्दा रक्त सङ्कलन कार्य ज्यादै न्युन भएको छ ।चर्को घाम र गर्मीका कारण पनि रक्तदानका कार्यक्रमहरू हुन नसकेको सरोकारवालाको बुझाई छ ।
बुटवल भैरहवा लगायतका स्थानमा समेत रगत अभाव भएका कारण त्यहाँ भर्ना भएका यस क्षेत्रका बिरामीले समेत रक्तसञ्चार केन्द्र परासी बाटै रगत लाने गरेको संयोजक सुरज केसीले बताउनुभयो ।
अहिले गर्मी मौसमका कारण पनि रक्तदान गर्नेको सङ्ख्या अत्यन्तै न्युन रहेको र नियमित रक्तदाताले समेत रक्तदान गर्न इच्छा नदेखाएपछि अहिले रगत अभावको संकट बढेको केन्द्रले जनाएको छ ।
रगतको स्टक सकिएपछि आकस्मिक रक्तदान गरेर रगत सङ्कलन गर्ने गरिएको केसीले बताउनुभयो । अहिले दैनिक बढीमा १५ पोका सम्म रगतको माग हुने गरेको छ तर रक्तसञ्चार केन्द्रमा रगतको स्टक सकिएको छ ।
रगत सकिएपछि आकस्मिक रुपमा रक्तदान गरेर रगत सङ्कलन गरिँदै आएको छ । अहिले पनि रक्तसञ्चार केन्द्रमा २० पोका जति रगत रहेको छ । बुटवल भैरहवाबाट समेत माग आउने गरेकाले रगतको अभाव बढेको हो । रेयर ग्रुपका ब्लडका लागी मानिसलाई नै समर्पकमा राखिने गरेको छ भने अन्य ग्रुपका रगत रक्तसञ्चार केन्द्रमा स्टकमा राख्ने गरिएको छ ।
अहिले बिरामीको चाप बढेको र रक्तदानका कार्यक्रम नभएका कारण बिरामीलाई रगत उपलब्ध गराउन हम्मे हम्मे परेको संयोजक केसीले बताउनुभयो । केसीले रगतको अभाव हुन नदिन सबैमा रक्तदान गर्न आग्रह गर्नुभएको छ ।
रक्तदान जीवनदान भएकाले स्वास्थ्य व्यक्तिले रक्तदान गर्दा शरीरमा कुनै पनि असर नपर्ने भएकाले सबैले रक्तदान गर्ने कार्यमा स्वस्फुर्त सहभागिता जनाउन उहाँको आग्रह छ । विशेषगरी सीमावर्ती पालिकाबाट बढी रगतको माग आउने तर सीमावर्ती पालिकाका बासिन्दाले केतनाको अभावमा रक्तदान गर्न आनाकानी गर्ने गरेको केसीले बताउनुभयो ।
स्थानीय तह पनि रगत सङ्कलनमा उदासिन बन्दै आएको गुनासो छ । “सबैले रगत चाहियो भनेर माग मात्रै गर्छन् तर सङ्कलनका लागी कुनै चासो दिँदैनन् “उहाँले गुनासो गर्नुभयो ।दुर्घटना वा कुनै रगत दिनुपर्ने गम्भीर खालका बिरामीहरूलाई निकै कठिन बनेको छ ।बिरामीका आफन्तहरू रगत अभावमा यत्रतत्र भौँतारिनु पर्ने अवस्था आएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
