
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि ११ जनाको आवेदन परेको छ । स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार न्याम्सको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका छन् ।
प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गर्नुभएको थियो ।
न्याम्सको उपकुलपतिका लागि न्याम्सका निमित्त उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत, न्याम्सका पूर्व डिन डा. पियुष दाहाल, वीर अस्पतालका पूर्व निर्देशक प्रा.डा. बुलन्द थापाले आवेदन दिनुभएको छ ।
यस्तै, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख प्रा.डा. सरोज शर्मा, डा. दीपक थापा, डा. रेवती रमण मल्लले पनि आवेदन दिएको श्रोतको भनाइ छ । प्रा.डा. अनिल मिश्र, डा. प्रवीण श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझीले पनि आवेदन दिनुभएको छ ।
यसैगरी,उपकुलपतिको आवेदन दिनेहरूमा प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठ र डा. दीर्घराज जोशी पनि रहनुभएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

