
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम (यूके) जानेहरुको स्वास्थ्य परीक्षण (मेडिकल जाँच) पनि हुने भएको छ।
काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई समेत यूके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो।
नर्भिकसँगै यूके जानेहरुको मेडिकल जाँच इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन (आइओएम) मा पनि हुनेछ। अष्ट्रेलिया जानेहरुको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन्।
सम्बन्धन पाएसँगै नर्भिकले यूके जानेहरुको स्वास्थ्य जाँचको सुरुवात गरेको छ। अब यूके जानेहरुले नर्भिकमा मेडिकल जाँच गराउनका लागि अनलाइनबाट आफूलाई पायक पर्ने मिति बुक गर्न सक्नेछन्।
अनलाइनमा देखिने खालि स्लटहरुमा आफूलाई उपयुक्त डेट बुक गरेपछि नर्भिकले सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनेछ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
