
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको शरीरमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

