
जनस्वास्थ्य सरोकार, बाँके । भेरी अस्पताल नेपालगन्जमा डेढ सातादेखि रेबिजविरुद्धको खोप अभाव भएको छ । अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाइएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जले सूचना प्रकाशन गरी निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी दिएको छ । अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ ।
भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताउनुभयो । अस्पताल प्रशासनका अनुसार यो खोप लगाउन दैनिक जसो १०० हाराहारीमा बिरामी अस्पताल आउने गर्दछन्।
संघबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ । कुकुर लगायत पशुले टोकेको अवस्थामा यो खोप लगाइन्छ ।
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
