
जनस्वास्थ्य सरोकार, ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताउनुभयो । आकस्मिक चिकित्सकीय समूह (इएमटी) को राष्ट्रिय कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै उहाँले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्ने बताउनुभयो ।
‘आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ। यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्तिको तयारीमा लाग्न आग्रह गर्दछुु’–उहाँले भन्नुभयो ।
उहाँले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको समयमा तुरुन्तै प्रभावकारी सेवा प्रदान गर्नका लागि बनेको एउटा समूह भएको बताउनुहुँदै यो समूह समयमै समन्वय गरेर आपत्कालीन अवस्था ज्यान जोगाउनका लागि क्रियाशील हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले देशभर २५ अस्पताल ‘हब स्याटेलाइट’ आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले अस्पतालको मापदण्डअनुसार आकस्मिक योजना हुनुपर्ने बताउनुभयो ।
गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्यायले आकस्मिक चिकित्सकीय समूह ‘इएमटी’ लाई कार्यान्वयनको चरणमा लैजान कार्यशालाको आयोजना गरिएको जनाउँदै पूर्वतयारीका कार्यलाई समेत लिएर दुई दिने छलफल गरिने बताउनुभयो। रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
