
डा. भट्टचन कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट एवं हेयर ट्रान्सप्लान्ट सर्जन हुनुहुन्छ । नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र भारतको कस्तुर्वा मेडिकल कलेज मनिपालबाट एमडी गर्नुभएको छ । सन् २०११ मा एमडी सकेर नेपाल फर्किनुभएको थियो । भारतको दिल्लीबाट एक वर्षको कपाल प्रत्यारोपण फेलोसिप पश्चात् सन् २०१९ बाट निरन्तर कपाल प्रत्यारोपणमा केन्द्रित हुनुहुन्छ । इन्डिया र नेपालमा गरी हाल सम्म करिब एक हजार बढीको सफल कपाल प्रत्यारोपण गरिसक्नुभएको छ । मनमोहन हस्पिटल, ग्रान्डी इन्टरनेशन हस्पिटल, ग्रीनसिटी हस्पिटल र हेल्पिङ ह्याण्डस् सामुदायिक हस्पिटलमा सेवा गरेपछि आफैंले क्लिनिक खोल्नुभएको हो । उहाँको लाजिम्पाटस्थित निर्भाना स्किन क्लिनिक एण्ड हेयर ट्रान्सप्लान्ट सेन्टर छ । डा. हिराचन मोफसलमा काम गर्न निकै रुचाउनुहुन्छ । इटहरीको स्वारा स्किन एण्ड हेयर क्लिनिक र धनगढीको निषर्ग हस्पिटलबाट स्थानीय तहमा निरन्तर कपाल प्रत्यारोपण सेवा उपलब्ध गराउन सफल हुनुभएको छ । उहाँ समाजिक सञ्जालबाट कपाल प्रत्यारोपणबारे जागरूकता जगाउन निरन्तर लाग्नुभएको छ । कपाल प्रत्यारोपण र यससँग सम्बन्धित विकृति र विसंगती उहाँको आफ्नै शव्दमा…
ठगिन बाध्य
केही दिनअघि मात्र कपाल प्रत्यारोपण गरेका एक व्यक्ति मेरो क्लिनिकमा आउनुभएको थियो । उहाँले ४ हजार ग्राफ्ट कपाल प्रत्यारोपण गरेको कुरा सुनाउँदै हुनुहुन्थ्यो । तर उहाँको टाउकोमा मुस्किलले १५ सय देखि २ हजार ग्राफ्ट मात्र कपाल प्रत्यारोपण भएको थियो । यसरी भरपर्दो र विश्वसनीय प्रत्यारोपण क्लिनिक थाहा नपाउँदा धेरै व्यक्ति ठगिन वाध्य हुनुपर्छ ।
कति ग्राफ्ट कपाल आवश्यक पर्छ ? कति ग्राफ्ट निकालियो ? कपाल रोप्न कति प्वाल बनाइयो ? जस्ता कुरा सम्बन्धित व्यक्तिलाई बताउनुपर्छ ।

सर्जनको जिम्मेवारी
कपाल प्रत्यारोपणमा ९० प्रतिशत भन्दा बढी प्रत्यारोपण सर्जन स्वयं संलग्न हुनुपर्छ । कपाल प्रत्यारोपण गर्नुपूर्व हेयर लाईन डिजाइनिङ, अनुमानित ग्राफ्ट संख्या, कपाल रोप्न आवश्यक प्वाल संख्या र एनेस्थेसियाको मात्रा लगायतको पूर्व योजना प्रत्यारोपण सर्जन आफैले गर्नुपर्छ । तर कतिपय क्लिनिकका सर्जनले सेवाग्राहीहरूसँग केवल हाई हेल्लो मात्र गर्छन् । ९० प्रतिशत प्राविधिकहरूको टिमले प्रत्यारोपण गर्छन् । यसप्रति पनि ख्याल गर्नुपर्छ ।
उत्कृष्ट कपाल प्रत्यारोपणको राज
कपाल प्रत्यारोपण गर्ने सर्जन दक्ष एवं अनुभवी हुनुपर्छ । सफल कपाल प्रत्यारोपणका लागि दक्ष प्राविधिक टिम हुनुपर्छ ।
सर्जनको विज्ञता, अनुभव, हालसम्म कतिको प्रत्यारोपण गरेको छ, प्रत्यारोपण गर्न कति समय दिएको छ भन्ने कुराले महत्वपूर्ण भूमिका खेल्छ ।
सेवाग्राहीको भूमिका
कामको परिणाम, उपचार सेवा र परामर्श महत्वपूर्ण हुन्छ । आफूले कपाल प्रत्यारोपण गर्न लागेको क्लिनिकमा विगतमा भएका प्रत्यारोपणका परिणामहरू हेर्नुपर्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

