
गर्मी मौसममा छालामा फङ्गल इन्फेक्सनको जोखिम बढी हुन्छ । यो बेला धेरै पसिना आउने र छाला गुम्सिने समस्या हुन्छ । यो मौसममा काखीमुनी, छाति, घुँडाको पछाडीको भाग र कम्मरमा स–साना राता खटिरा देखिनसक्छ । बालबालिकाहरूलाई हिट र्याससको समस्या धेरै हुनेगर्छ । यो मौसममा घामको एलर्जी हुनसक्छ । साथै वातावरणीय एलर्जनको असर बढी देखिनसक्छ ।
गर्मी मौसममा भुसुना र लामखुट्टेको टोकाइलगायतका कारण इन्सेक्ट बाइट एलर्जीको जोखिम पनि बढी नै हुन्छ । साथै सूर्यको किरणले अनुहारमा दाग, पोतोलगायत पिग्मेन्टेसनको समस्या बढाउँछ ।
खासगरी सेवा लिन जनरल डर्माटोलोजीसम्बन्धि समस्या भएका व्यक्तिहरू बढी आउने गर्छन् । साथै राम्रो देखाउन गरिने सर्जिकल नन् सर्जिकल एस्थेटिक डर्माटोलोजीसम्बन्धि सेवा लिनेहरूको चाप पनि बढेको छ । बोटक्स, माइक्रोव्लेडिङ, थे्रड, फिलर्स, पीआरपीलगायत एस्थेटिक प्रोसिजर सेवा लिनेहरू पनि बढिरहेका छन् । जनरल डर्माटोलोजी अन्तर्गत डन्डिफोर, मेलाज्मा, कपाल झर्ने समस्या, एलर्जी फङ्गल इन्फेक्सन पर्दछन् ।

खासगरी गर्मी मौसममा छालालाई सफा र सुख्खा राख्नुपर्छ । छालामा मोस्चराइजर प्रयोग गर्नुपर्छ । हिट ¥यासबाट बच्न पातलो एवं हल्का कपडा लगाउनुपर्छ । घरभित्र बस्दा शरीरलाई गुम्स्याउन हुँदैन । सूर्यसँग सम्बन्धित छालाको एलर्जीबाट बच्न ‘सन प्रोटेक्सन’ लोसन प्रयोग गर्नुपर्दछ ।
घरबाहिर निस्कदा छालामा सनस्क्रिन लगाउनुपर्दछ । चिकित्सकको सिफारिस बिना (ओभर द काउन्टर) पनि सनस्क्रिन खरिद गर्न सकिन्छ । तर छाला रोग विशेषज्ञसँग परामर्श गरेर मात्र आफ्नो छालाको प्रकृतिअनुसार सनस्क्रिन प्रयोग गर्न सकिन्छ । विश्व बजारमा नाम चलेका गुणस्तरीय सनस्क्रिन प्रयोग गर्न जरूरी हुन्छ ।
कस्तो स्याम्पो प्रयोग गर्ने ?
कपालमा केमिकलरहित स्याम्पो प्रयोग गर्नुपर्छ ।
स्याम्पोले कपाल झार्ने र कपाल झर्नबाट रोक्ने भन्ने हुँदैन । यसमा स्याम्पोको कुनै भूमिका पनि हुँदैन । कपालका ग्रोइङ, रेस्टिङ र फलिङ फेजहरूमध्ये कहिलेकाँही फलिङ फेजमा स्याम्पो प्रयोग गर्दा बढी कपाल झरेको अनुभूति हुनसक्छ । सल्फेट र पारवेन रहित स्याम्पो प्रयोग गर्नुपर्छ ।
कहिलेकाँही राम्रोसँग स्याम्पो नपखालिँदा चायाँ परेको जस्तो हुनसक्छ । कसैकसैलाई स्याम्पो सुट नगरेमा पनि एलर्जी हुनसक्छ ।
( डा. प्रधान एस्थेटिक बाई डा. गोर्खाली कस्मेटिक सर्जरी एण्ड डर्माटोलोजी सेन्टर र शोवा हेल्थ केयर सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



