
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मष्तिष्क विकास हुने उमेरमा बालबालिकालाई मोबाइलको लत नलगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै मष्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुग्ने हुँदा बालबालिकालाई मोबाइलको लत नलगाउन आग्रह गरेको हो ।

बालबलिकाले आफैं मोबाइल नचलाउने तर अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरुले देखेर सिक्ने हुँदा अभिभावकलाई पनि अत्याधिक मोबाइल नचलाउन मन्त्रालयले आग्रह गरेको छ। आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन मन्त्रालयको अनुरोध छ ।
मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले कस्तो खानेकुरा खाँदै छु, कस्ता स्वादको खानेकुरा खाँदै छु भनेर थाहा नहुँदा भविष्यमा पोषण सम्बन्धित समस्या, पाचन प्रणालीमा समस्या हुन सक्ने सुचनामा उल्लेख गरेको छ ।
खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर, खेलेर, डुलाएर, गीत गाएर तथा उनीहरुको हाउभाउमा प्रतिक्रिया दिर्दै खुवाउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जानसक्छ । साथै रिसाउने, झर्किन, रुने, दोहोरो कुरा नगर्ने, निन्द्रा ढिलो लागने, निन्द्रा पातलो हुने र निन्द्राबाट पटक पटक ब्युझँने समस्या देखिने हुन सक्छ ।
मोबाइलमा लत लागेका बालबालिकामा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुनसक्छ । साथै, सुत्नुभन्दा अगाडी मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने अध्यननले देखाएको छ ।
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
