
जनस्वस्थ्य सरोकार, काठमाडौं । काठमाडौंको मैतीदेवीस्थित डाक्टर दिलजान मन्सुरको ‘एफ डिएच क्लिनिक’ बन्द भएको छ ।
काठमाडौं महानगरको स्वास्थ्य विभागबाट स्वास्थ्य संस्था सञ्चालन गर्ने लाइसेन्स नलिई स्वास्थ्य सम्बन्धी गतिविधि गरेको भन्दै महानगरले क्लिनिकमा असार १० गते ताला लगाएपछि सो क्लिनिक बन्द भएको हो ।
क्लिनिक २०७७ साल पुसदेखि सञ्चालनमा ल्याइएको थियो । एफ डि एच क्लिनिकबारे जनगुनासो आएपछि अनुगमनका क्रममा संस्था नियमानुसार संञ्चालन भएको नपाइएकाले सो क्लिनिक बन्द गर्नुपरेको महानगरका अधिकारीहरुले जानकारी गराएका छन् । दिलजान मन्सुर डाक्टर कर्टको उपनाले चर्चित थिए ।
उपचारका क्रममा स्वास्थ्यवस्था बिग्रिएको जनगुनासो बढ्न थालेपछि महानगरले सो क्लिनिकबारे अनुसन्धान गरेको थियो ।
वजन घटाउने र मेटाबोलिक सिन्ड्रोम अन्तर्गतका रोगहरुको फरक तरिकाले उपचार गर्ने भनेर तीन महिनाको प्याकेज प्रति व्यक्ति १० हजार रुपियाँ शुल्क उठाउने गरिएको थियो ।
खाने शैलीमा परिवर्तन गरेमा वजन घट्ने र विभिन्न रोगहरु समेत निको हुने दावी उहाँको थियो । तर मन्सुरको उपचार विधि बैज्ञानिक नभएको गुनासो गर्दै केही बिरामीले नेपाल मेडिकल काउन्सिलमा पनि उजुरीसमेत दिएका छन् ।
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
