
जनस्वास्थ्य सरोकार, धादिङ । काठमाडौं मेडिकल कलेजले धादिङबेसीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। आइतबार शहिद मेमोरियल अस्पताल निलकण्ठ नगरपालिका वडा नं. ३ सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो।
स्वास्थ्य शिविरमा ९ सय ११ जना बिरामीको केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका छन्। शिविरमा आएका मध्ये ९२ जनाको इसिजी, १०९ जनाको ल्याब परीक्षण तथा १०५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार स्वास्थ्य शिविरमा ११ जनाको दाँत खोलिएको तथा ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ।
केएमसीले निःशुल्क स्वास्थ्य शिविर ल्याएको छ भन्ने थाहा पाएर सो क्षेत्रका आम सर्वसाधारण आफ्नो स्वास्थ्य जाँच गराउन पुगेका थिए। शिविरमा आएकाहरुलाई केएमसीका अनुभवी तथा दक्ष चिकित्सकहरुले स्वास्थ्य जाँच गर्दै उनीहरुमा देखिएको स्वास्थ्य समस्या अगवत गराउनुको साथै स्वस्थ आहारविहार, जीवनशैली र उपचार पद्दतिका बारेमा सचेतना पनि दिएका छन्।
शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी र जनरल मेडिसिन विभागका चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गरेका थिए।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

