
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीहरु हटाउन कार्ययोजना बनाउने सुरु भईसकेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले बीमा कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भईरहेको बताउनुभयो ।
मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नविकरण समेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न नसकिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, –‘यो बीमाको सम्बन्धमा धेरै कुरा उठेको छ । यो प्राईभेट हस्पिटल, मेडिकल कलेजहरुले पनि यो सम्झौता अवधि सकिएकाहरुले सुरुमा रिनो नगरेको अवस्थाले पनि केही समस्या परेको छ । साँढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भईसकेको छ । ७० लाख नागरिक बीमामा आवद्ध छन । ४६० निकायहरुले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो । र, यो विमा बुझ्ने सम्बन्धमा अनलाईन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो । जनताका लागि यो धेरै ठूलो सेवा हो । तर व्यवहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरु भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरु चाँही तयार भईरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ ।’
मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिव जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरुको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्याउनु भयो ।
मन्त्री बस्नेतले निशूल्क सेवा प्राप्त गर्नको लागि नि:शूल्क कोटा उपलब्ध गराउने र कोटा वाहेकलाई स्थानीय निकाय वडा कार्यालयले सिफारिस गरेर सेवा उपलब्ध गराउने काममा स्वास्थ्य मन्त्रालय प्रयासरत रहेको बताउनुभयो ।
त्यसैगरी स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालमा अनलाईन मार्फत पनि टिकट लिन मिल्ने व्यवस्थालाई प्रभावकारी ढङ्गले अगाडि बढाएको पनि उल्लेख गर्नुभयो ।
उहाँले डब्लुएच्ओको मापदण्डका अनुसार बजेटको १० प्रतिशत स्वास्थ्यको लागि छुट्टाउनु पर्ने अवस्थामा ४.८ प्रतिशत मात्रै बजेट विनियोजन भएको भन्दै नेपालको दशकको इतिहासमा पहिलो पटक स्वास्थ्य क्षेत्रमा कम बजेट परेको बताउनुभयो ।
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
