
जनस्वास्थ्य सरोकार, जाजरकोट । ५० शैंयाको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार हस्तान्तरण गरेको हो ।
विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण पूरा गर्ने सहमति रहेको थियो ।
अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिनुभयो । भवनको अभावमा विभिन्न उपकरण प्रयोगमा आउन नसकेकामा अब जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने उहाँले बताउनुभयो ।
३१ करोड ५६ लाख ७७ हजार चार सय ६२ मा भवन निर्माण सम्पन्न भएको जनाइएको छ । अध्यक्ष सिंहले तोकिएको समयभित्र निर्माण पूरा भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज भएकोे बताउनुभयो ।
जिल्ला अस्पताल निर्माणसँगै यहाँबाट प्रवाह हुने सेवा सुविधासमेत सुधार हुनुपर्ने आम नागरिकको माग छ । सामान्य समस्या आउँदा पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नुपर्ने बारेकोट–५ का मोहनजङ्ग शाहीले बताउनुभयो ।
भवन निर्माण समयमै पूरा गरेकामा निर्माण व्यवसायीलाई अस्पताल विकास समितिका अध्यक्ष सिंहले धन्यवाद दिनुभएको छ । अस्पतालले जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणलाई सेवा पुग्ने छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
