
जनस्वास्थ्य सरोकार, काठमाडौँ । किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले महत्व दिनुपर्ने विज्ञले सुझाव दिएका छन् ।
ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा आज राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा विज्ञले मानसिक स्वास्थ्यका विषयमा अझै पनि मिडियाको ध्यान नपुगेको औँल्याएका हुन् ।
अन्तरक्रियामा कान्ति बाल अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. उत्कर्ष कार्कीले नेपालमा ठूलो सङ्ख्यामा किशोरकिशोरीले मानसिक समस्याको सामना गरिरहेका भन्दै मिडियामा उनीहरुका समस्या प्राथमिकतामा पर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“कान्ति बाल अस्पतालमा कोरोना महामारीपछि मानसिक स्वास्थ्य समस्या लिएर आउने किशोरअवस्थाका बिरामीको सङ्ख्या बढेको छ । यसप्रति अभिभावक र विद्यालय सचेत हुनुपर्छ । साथै आमसञ्चार माध्यमले पनि ध्यान दिनुपर्ने देखिन्छ ।”
डा. कार्कीका अनुसार कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्योपचार गर्ने बालबालिका तथा किशोरावस्थाका बिरामीको सङ्ख्या सन् २०१८ मा दुई हजार चार सय, सन् २०२१ मा पाँच हजार एक सय र २०२२ मा नौ हजार पाँच सय ९१ रहेका छन् ।
मानसिक समस्या उपचारपछि निको हुन्छ भन्ने सूचना सम्प्रेषण गर्नमा मिडियाले कञ्जुस्याइँ गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
वरिष्ठ जनस्वास्थ्य विद् डा. अरुणा उप्रेतीले मानसिक समस्या गरिबीका कारण मात्र हुन्छ भन्ने भ्रम समाजमा व्याप्त रहेकाले यो समस्या सबै वर्ग, उमेर समूह र जातजातिलाई हुन सक्छ भन्ने सन्देश मिडियाले सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
“मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई जनचेतना अभियानकैरुपमा अघि बढाउनुपर्छ”,– उहाँले भन्नुभयो ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
