
खासगरी २५ देखि ३० वर्ष कटेका महिला र पुरूषहरू डन्डिफोर, चायाँपोतो, दाग, धब्बा, अनावश्यक रौँ, तालुपनालगायतका समस्याहरुबाट पीडित भएको पाइन्छ । उनीहरू राम्रो भएर हिड्ने बेलामा अनुहार बिग्रिएर आत्मविश्वास कमजोर भएको बताउँछन् ।
कतिपयको टाउकोमा कपाल नहुँदा प्रेमिकाले छोडेको, बिहे नहुने, अनुहारमा आएको रौँले लज्जित महसुस हुनुपर्ने जस्ता गुनासो गर्छन् ।

यस्ता व्यक्तिहरूको समस्या समाधान गर्न पाउँदा असाध्यै खुशी लाग्छ । उहाँहरू आफूलाई राम्रो देखाउन भएपनि कस्मेटिक उपचार गराउन चाहनुहुन्छ । छाला झोलिएको भागमा थ्रेड लिफ्टीङ गराउनेहरूको पनि कमी छैन ।
छाला झोलिएको भागमा एक प्रकारको धागो छिराएर मसिनो टाँका लगाइन्छ । धागोले स–साना घाउ बनाउने भागलाई निको बनाउन शरीरले इलास्टिन र कोल्याजन कोषको विकास गर्छ । यी कोषहरूले छालालाई तन्कन र टाइट बनाउन मद्धत गर्छन् ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

