
रगतबाट प्लेटलेट प्लाज्मा छुट्याएर समस्याग्रस्त भागमा प्रयोग गर्ने प्रविधिलाई प्लेटलेट्स रिच प्लाज्मा (पि.आर.पी.) थेरापी भनिन्छ ।
रगतका कोषिकाहरुबाट प्लेटलेट्स छुट्याएर इन्जेक्सन वा माइक्रो निडलको माध्यमबाट पि.आर.पी. गरिन्छ । रगतको प्लेटलेट्स कोषिकाभित्र २० थरी भन्दा बढी ग्रोथ फ्याक्टरहरु हुन्छन् । यसका लागि १० देखि ३० मिलिलिटर (एमएल) जति रगत निकाल्नुपर्छ, । त्यसबाट प्लेटलेट्स छुट्याउनुपर्छ ।

चम्किलो अनुहार, डण्डिफोर, खत, चायापोतो, आँखाको तलको धव्वा हटाउन, कपाल झर्ने समस्या समाधान गर्न पिआरपी गरिन्छ । यो महिनामा एक सेसन पूरा गर्नुपर्छ ।
यसको परिणाम एक हप्तादेखि १० दिनमा देखिन शुरू हुन्छ । पिआरपीको खर्च प्रति सेसन ३ हजार ५ सयदेखि ८ हजारसम्म पर्नसक्छ ।

पि.आर.पी. आफ्नै रगतबाट बनाइने भएकाले शत्प्रतिशत सुरक्षित मानिन्छ । पि.आर.पी. गरेकाहरूले खानपान र जीवनशैलीमा पथपरहेज गर्नुपर्दैन ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


