
जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले विपन्न बिरामीका लागि ३ सय ३० शय्या निःशुल्क व्यवस्था गरेको छ ।
मंगलबार आकस्मिक निरीक्षणको क्रममा विराटनगर पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा कोशी अस्पतालले आईसियू, एचडियू र क्याबिन बाहेकका ३ सय ३० शय्यामा निःशुल्क गरेको हो ।
कोशी अस्पतालका प्रमुख डा. रविनराज सिंहले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार ३ सय ३० शय्या निःशुल्क गरेको जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले विपन्न विरामीका लागि शय्यामात्र निःशुल्क नभएर उपचार पनि निःशुल्क हुने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुले जनताको संवैधानिक अधिकारलाई व्यवहारमा लागू गर्दै जाने क्रममा विपन्न, असहाय र बेवारिसे विरामीको उपचार निःशुल्क गर्न आफूले निर्देशन दिएपछि कोशी अस्पतालले आजैदेखि निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले वीर अस्पतालबाट सुरु गरेको विपन्नका लागि शय्या निःशुल्क गर्ने अभियान राजधानी बाहिरबाट पहिलो पटक कोशीबाट सुरु गरिएको र भविस्यमा देशका अन्य सरकारी अस्पतालमा पनि सुरु गर्न लागेको बताउनुभयो ।
निःशुल्क उपचार पाउनका लागि स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
अस्पतालको टिकट काउन्टरमा भीड र अव्यवस्थित देखिएको पाइएपछि मन्त्री बस्नेतले उपचार सेवा सहज बनाउन अनलाईनबाट समेत टिकट काट्न पाउने व्यवस्था गर्न अस्पतालका निर्देशकलाई निर्देशन दिनुभएको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
