
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियनले सफलता पाइरहेको छ ।
बिहिवार उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले पनि विपन्नका लागि शैया निःशुल्क गराउने निर्णय गरेपछि मन्त्री बस्नेतको अभियानले सफलता पाउन थालेको हो ।
यसरी विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शैयाको संख्या २ हजार २८ पुगेको छ ।
शुक्रवारदेखि कान्तिबाल अस्पतालले ६० शैया, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैया, ट्रमा सेन्टरले १५० शैया र शहिद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गर्ने निर्णय गरेका छन् । यसरी अहिले सम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शैयाको संख्या २ हजार २८ पुगेको छ ।
वीर अस्पतालले आफ्ना ७०० शैया र कोशी अस्पतालले ३३० शैया विपन्नका लागि निःशुल्क गन यस अगाडिनै घोषणा गरिसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बिस्तारै देशभरिका केन्द्रिय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैया थप्दै जाने बताउनुभयो । उहाँले ती शैयामा उपचार पनि निःशुल्क हुने जानकारी दिनुभयो । शैया निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केहि बजेट सम्बन्धीत अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले बताउनु भयो ।
स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन नमिल्ने भएकाले यो निर्णय सबै अस्पतालहरुले कार्यन्वयन गरेरै छाडेने दावी मन्त्री बस्नेतले गर्नु भयो । निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउन नियम अनुसार उनीहरुले पनि कुल शैयाको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याउनु पर्ने नियम पनि कडाईका साथ आफूले लागु गराई रहेको मन्त्री बस्नेतले बताउनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
