
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिइएको छ । सिंहदरवारमा आज बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सो निर्देशन दिएको हो ।
बैठकपछि समितिका सभापति प्रकाश पन्थका अनुसार, स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत, व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ति तथा उपचार प्रक्रियालाई सरल बनाइ दक्ष जनशक्तिको व्यवस्था गरी सबै स्थानीय तहहररूमा पहुँच बिस्तार गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले सुर्तीजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट संकलति रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रम खर्च गर्ने व्यवस्था गर्न, मानसिक स्वास्थ्य उपचारका लागि मनो सामाजिक परामर्शदाता, स्वास्थ्य विशेषज्ञ सेवा बिस्तार, शिक्षाका पाठ्यक्रममा समावेश र विभेदजन्य शब्द र प्रावधानलाई हटाउन उपयुक्त कानूनीरनीतिगत व्यवस्था गर्न निर्देशन दिएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
