
कसैको स्तन सानो हुन्छ भने कसैको ठूलो । वास्तवमा स्तन भनेको तन्तुहरू मिलेर बनेको ग्रन्थी हो । हर्मोनका कारण स्तनको आकार घटबढ हुन्छ । थायराइडले पनि स्तनको आकार बढाउने वा घटाउने गर्छ ।
युवावस्थाको मध्यसम्म स्तन कसिलो रहन्छ । त्यसपछि क्रमशः झोल्लिन थाल्छ ।
स्तन यसरी घटाइन्छ
]स्तन ठूलो हुँदा लुगा लगाउन र शारीरिक अभ्यास गर्न अफ्ट्यारो पर्छ । कतिलाई गर्दन र ढाड दुख्ने, स्तनको कापमा फंगल इन्फेक्सन हुने गर्छ । त्यसैले कस्मेटिक शल्यक्रियामार्फत स्तनको बोसो निकाल्नुपर्छ । स्तन सानो बनाएकाहरूको शिशुलाई गराइने स्तनपान सामान्य पनि हुनसक्छ ।

स्तन बढाउन फ्याट ग्राफ्ट
स्तन झोल्लिएकाहरूमा ब्रेष्ट लिफ्ट सर्जरी गरेर स्तन कसिलो बनाइन्छ । स्तन बढाउन फ्याट ग्राफ्ट वा सिलिकोनको ब्रेष्ट इम्प्लान्ट गर्न सकिन्छ ।
आफ्नो शरीरको धेरै भएको ठाउँको बोसो ल्याएर स्तनमा राख्ने प्रविधि फ्याट ग्राफ्ट हो । स्तन क्यान्सर भएर स्तन काटिएकाहरूमा पनि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन सकिन्छ ।
(डा. रायमाझी द स्किन आर्टस्मा कार्यरत हुनुहुन्छ ।)
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


