
जनस्वास्थ्य सरोकार, पोखरा । स्वास्थ्य विज्ञहरुले अत्यावश्यकबाहेक एन्टिबायोटिकको प्रयोग नगर्न सुझाएका छन् । एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता कम हुँदै शून्यमा पुग्ने हो भने ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरुको औंल्याएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र युएसएआइडि मेडिसिन टेक्नोलोजिष्टको सहयोगमा पोखरामा भएको सातवटै प्रदेशका एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) कार्यक्रममा सहभागीले यस्ता विषय औंल्याएका हुन् ।
सहभागीले एन्टिबायोटिक मानव स्वास्थ्यका लागि अति आवश्यक औषधिमध्यको एक भएपनि यसको अत्याधिक प्रयोगले एएमआर बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
एन्टिबायोटिक काम नगर्दा विश्वमा वर्षेनी १२ लाख ७० हजार मानिसको मृत्यु नै हुने गरेको विभिन्न अध्ययनले देखाएको विज्ञको भनाइ छ ।
एन्टिबायोटिकको एउटा नयाँ मलिकुलको रिसर्च गर्न १० देखि १५ वर्ष समय लाग्नुको साथै करोडांै खर्च हुने भएपनि यसको रेसिस्टेन्ट ४ देखि ५ वर्ष बिचमै देखिएको उनीहरुको बुझाइ छ । पछिल्लो पुस्ताका लागि एन्टिबायोटिकको गु्रप नै नरहने हो कि भन्ने चिन्ता पनि कार्यक्रमका सहभागीले गरे ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण पाण्डेले पछिल्लो समय एन्टिबायोटिकको प्रयोग अत्याधिक भएको भन्दै बिरामी स्वयंले आफै एन्टिबायोटिक किनेर खाने ट्रेन बढेको बताउनुभयो । उहाँले यसमा सरकारी स्वास्थ्य संस्था पनि जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य संस्थाहरुमा चिकित्सक हुँदैनन् । त्यसमा अझ रगत परीक्षण गर्ने ल्यावको व्यवस्था हुँदैन । हचुवाको भरमा एन्टिबायोटिक दिइएको हुन्छ । जसको कारणले एन्टिबायोटिक रेसिस्टेन्टको समस्या बढ्दै गएको छ ।’
युएसएआइडी परियोजनका सिसियर टेक्निकल एड्भाइजर डा.सन्तोष दुलालले एमआरको विश्व परिवेश र आर्थिक पाटो बारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा युएसएआइडी एएमआर क्लिनिकल कन्सटेन्ट डा. विवेक श्रेष्ठले नेपालमा लैङ्गिक असमानता र एमआर बीचको अवस्था र युएसएआइडी एमआर मिडिया कन्सल्टेन्ट अर्जुन अधिकारीले एएमआर रोकथाममा सञ्चारकर्मीहरुले उठाउने विषयबारे जानकारी गराउनुभएको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
