
छालाको मेलानोसाइट्स कोष सक्रिय भएर आवश्यक भन्दा बढी मेलानिन तत्व उत्पादन गर्दा अनुहारमा चाया पोतो आउँछ । यो गाला, निधार, नाकको डाँडीमा बढी देखिन्छ । चायाँपोतो घातक रोग त होइन । तर सौन्दर्यलाई कुरूप बनाउन सक्छ । यो महिला पुरुष दुवैमा देखिनसक्छ ।
कारक तत्व
घामको परावैजनिक किरणको प्रभाव, महिलाहरूमा हर्मोनल परिवर्तन, थायराइडको समस्या, गर्भावस्थाको समय, आकस्मिक गर्भ निरोधक पिल्सको सेवन गर्ने महिलाहरूमा धेरै देखिनसक्छ । यो वंशाणुगत पनि हुनसक्छ । कतिपय अवस्थामा चायाँपोतो आउने कारण नै थाहा नहुनसक्छ ।
कतिपय व्युटिपार्लरहरूमा कडा स्टेरोइड मिसाइएको क्रिम लगाउन दिएको पाइन्छ । शुरूमा हराएको जस्तो लागेपनि लगाउन छाडेपछि पुनः आउँछ । कडा स्टेरोइड मिसाइएको क्रिम लामो समयसम्म प्रयोग गर्दा छाला पातलो भएर अन्य जटिल समस्या देखिनसक्छ ।

उपचार
लगाउने मल्हम, केमिकल पिलिङ, खाने औषधि, लेजर थेरापीबाट चायापोतोको उपचार गरिन्छ । बाहिर निस्कदा क्याप वा ह्याटको प्रयोग गर्नुपर्छ । लामो समयसम्म कडा स्टेरोइड मिसाइएको क्रिम प्रयोग गर्न हुँदैन ।
यो निर्मुल पार्न गाह्रो हुने रोग हो । आउने र जाने गरेर सताउन सक्छ । साथै नियमित चिकित्सकीय उपचारमा वस्नुपर्छ । थायराइड र हर्मोनल समस्याको समयमै उपचार गराउनुपर्छ ।
(डा. भट्टराई स्किन सिटीमा कार्यरत हुनुहुन्छ । )
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
