
जनस्वास्थ्य सरोकार, मुगु । मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो ।
दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिनुभयो। मङ्गलबार दिउँसो अनुगमनको क्रममा खनाया स्वास्थ्यचौकीमा पुग्दा औषधि अभाव भएको देखिएको उहाँको भनाइ छ ।
“औषधि अभाव छ, आपूर्ति पनि हुन सकेको छैन । बिरामीलाई कसरी उपचार गरौँ”, अनमी तुल्सा विश्वकर्माले भन्नुभयो “औषधि न पालिकाले दिन्छ न त जिल्ला स्वास्थ्यबाट नै आउँछ ।”
औषधिका लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा माग गर्दा पनि हालसम्म औषधि नआएको उनले गुनासो गरिन्। “स्वास्थ्यचौकीमा ९८ प्रकारका औषिध हुनुपर्नेमा १० प्रकारका पनि औषधि छैनन्”, उहाँले भन्नुभयो ।
पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले भन्नुभयो “केही दिनभित्रै जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरी अन्य स्वास्थ्यचौकीमा पठाइनेछ ।”
उक्त स्वास्थ्यचौकीमा औषधिका साथै बीपी सेट, थर्मोमिटरलगायत उपकरणको पनि अभाव भएको छ । उक्त स्वास्थ्यचौकीमा हाल सात जना कर्मचारी कार्यरत भए पनि हाल चार जना मात्र उपस्थित हुने गरेको स्थानीयको भनाइ छ ।रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
