
जनस्वास्थ्य सरोकार, भक्तपुर । औषधि व्यवसायी नारायणप्रसाद भूसाल रोटरी क्लव अफ मध्यपुरको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल एक वर्षको हुनेछ । यसअघिको अध्यक्षमा विष्णुबहादुर कार्की हुनुहुन्थ्यो ।
विगत ३० वर्षदेखि औषधि व्यवसायमा संलग्न नारायण प्रसाद भूसाल नेपाल औषधि व्यवसायी संघ भक्तपुर शाखाको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ युवा पुस्ताका जुझारू र अव्वल औषधि व्यवसायीमा गनिनुहुन्छ ।
अध्यक्ष भुसालको नयाँ कार्यसमितिमा गिताप्रसाद नेपाल (प्रेसिडेन्ट इलेक्ट), डा. बिनय श्रेष्ठ (सेक्रेटरी), मधुमसुद खड्का (ट्रेजरर), गणेशहरी प्रजापति (सर्जन्ट एट आर्मस्), शाकिला पाठक (टिआरएफ चेयर), उषा प्रजापति (पब्लिक इमेज चेयर), इन्दु साहु (मेम्मरसिप चेयर), राजेन्द्र प्रजापति (क्लव सर्भिस चेयर), रवी प्रजापति (एडमिनिस्ट्रेसन चेयर) हुनुहुन्छ ।

स्वास्थ्य, शिक्षा गरिबी निवारण र वातावरणमा काम गर्दै आएको रोटरी क्लव संसारको ठूलो मुनाफारहित सामाजिक संस्था हो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

