
जनस्वास्थ्य सरोकार, काठमाडौँ । लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ ।
लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ ।
बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघिय अस्पतालमा खटाएको छ । नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैयाको आईसियू सञ्चालन गर्न सकेको छैन् । यति ठूलो नर्सहरुलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो ।
नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानविय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताउनुभयो ।
सेवाका हिसापले नर्सिङ जनशक्ति दोश्रो भगवान नै भएको बताउँदै गरिव र विपन्न विरामीको उपचारलाई सेवाको रुपमा लिएर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो। नर्सिङ जनशक्तिलाई भविश्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल, देवकुमारी गुरागाई लगायत अतिरिक्त सचिवहरु र मन्त्रालयका अधिकारीको उपस्थिति रहेको थियो ।



क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
