
जनस्वास्थ्य सरोकार, सर्लाही । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक अस्पतालहरु पनि राज्यकै सम्पती भएको बताउनुभएको छ ।
सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नव निर्मित १५ शैयाको सामुदायिक अस्पतालको मंगलबार उद्घाटन गर्दै मन्त्री बस्नेतले सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले सामुदायिक अस्पतालहरु पनि राज्यकै सम्पती भएको बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘ यो अस्पताल कौडेना गाउँपालिकाको मात्र सम्पती होइन, सर्लाही जिल्लाकै सम्पती हो र स्वास्थ्य मन्त्रालयकै सम्पती हो ।’ मन्त्री बस्नेतले सामुदायिक अस्पतालको विकास र बिस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो पहिलो प्राथमिकता विपन्न, गरिव एवं वेवारिसेले सर्वसुलभ उपचार पाउनु पर्ने भएकाले आफु त्यसमा लागेको र सफलता पाउँदै गइरहेको मन्त्री बस्नेतले बताउनुभयो।
स्वास्थ्य मन्त्रालय मातहतका ९ वटा केन्द्रीय अस्पतालहरुलाई विपन्न विरामीका लागि आफ्ना जनरल वार्ड निशुल्क गर्ने निर्णय गराएर २ हजार २८ शैयामा अहिले विपन्नहरुले सहज उपचार पाउन थालेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।
गरिव र विपन्नको सिफारिस स्थानिय सरकारका वडाअध्यक्षहरुले गर्नु पर्ने निर्णय गरेर आफुले जनताको आधारभूत आवश्यकता पूरा गर्न सहज बनाएको मन्त्री बस्नेतले बताउनुभयो।
मन्त्री बस्नेतले दुई हप्ताभित्रै स्वास्थ्य मन्त्रालय मातहतका संघिय अस्पतालहरुका सबै जनरल वार्ड निशुल्क गरिने दावी गर्नुभयो । उद्घाटन समारोहमा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्रराय यादव, नेपाली का्ग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश यादव, प्रदेश सांसद जंगीलाल राय र कौशल किरोर यादव लगायतका नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
