
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि नयाँ दिल्ली जाँदा र आउँदा लागेको खर्चको भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको छ ।
राष्ट्रपतिलाई गएको वैशाख ६ गते दिल्ली लैजाँदा र ल्याउँदा ५५ लाख २ हजार २७९ रुपियाँ खर्च लागेको थियो । परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयलाई सो रकम भुक्तानीका लागि असार १८ गते सोमबार पत्रकार गरेको हो ।
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लैजादा श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्स र ल्याउँदा नेपाल वायु सेवा निगमको नियमित उडानबाट ल्याइएको थियो ।
त्यतिबेला भारतमा लागेको उपचार खर्च विषयमा चौतर्फी आलोचना भएपछि राष्ट्रपतिको स्वकीय सचिवालयले उपचारका क्रममा लागेको खर्च सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

