
जनस्वास्थ्य सरोकार, लमजुङ । बेँसीसहर नगरपालिका – ११ बरबोटमा रहेका लोपोन्मुख चेपाङ समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच पुग्न थालेको छ ।
नेपाल चेपाङ महासङ्घका पूर्व केन्द्रिय सदस्य अम्रिता चेपाङले भन्नुभयो “ स्थानीय सरकारका कारण मुलुकमा विस्तारै शिक्षा र स्वास्थ्यको पहुँच बढ्दै गर्दा यहाँ पनि यसको प्रभाव पर्न थालेको छ । यहाँका सबै बालबालिका शिक्षा एवं स्वास्थ्य क्षेत्रको पहुँचमा पुग्न थालेका छन् । ”
समुदायमा विस्तारै चेतनाको वृद्धि हुन थालेसँगै उनीहरु शिक्षा र स्वास्थ्यतर्फ अघि बढ्न थालेको स्थानीय विष्णु चेपाङले बताउनभयो । उहाँले भन्नुभयो “पहिला पहिला सानै उमेरमा विवाह गर्ने समेत गरेपनि अहिले चेतनाको वृद्धि भएसँगै सानै उमेरमा विवाह गर्नेहरु न्यूनीकरण भएको छ ।”
स्थानीय सरकारले केही सहयोग गरेपनि गण्डकी प्रदेश तथा सङ्घीय सरकारले भने सहयोग एवं प्राथमिकताका नदिएको उनीहरुको गुनासो छ ।
बेँसीसहर नगरपालिका – ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले भन्नुभयो “यहाँका चेपाङ समुदायमा विगतका भन्दा शिक्षा र स्वास्थ्यमा पहुँच पुग्न थालेको छ ।” उनीहरुका लागि छुट्टै बजेट वा प्राथमिकतामा राखेर सरकारले गर्नुपर्ने काम जति भने गर्न नसकेको उहाँको भनाइ छ ।
चेपाङ समुदायमा रहेको जनजागृति आधारभूत विद्यालयमा कति चेपाङका विद्यार्थी रहेका छन् भन्ने, विवरण नगरपालिकाको शिक्षा शाखामा नआइसकेकाले सशक्त अनुदानको रकम उनीहरुलाई दिन नसकेको र उनीहरुका लागि अन्य समुदायका तुलनामा छात्रावृद्धि रकम बढी हुने नगरपालिकाका सूचना अधिकारी किसानराज चिलुवालले बताउनुभयो ।
उनले भने, “सङ्घीय सरकार र स्थानीय सरकारको सहयोगमा चेपाङ समुदायलाई लक्षित गरेर इसिडी सेवा सञ्चालन भइरहेको र सो बाहेक उनीहरुका लागि छुट्टै कार्यक्रम लागू भने गरिएको छैन ।
” बेँसीसहर नगरपािलका प्रमुख गुमानसिंह अर्यालले भन्नुभयो “चेपाङ समुदायको आयस्तर वृद्धि गर्ने, शिक्षा, स्वास्थ्य लगयातका क्षेत्रमा अघि बढाउनका लागि नगरपालिकाले ध्यान केन्द्रित गर्दै आइरहेको छ । यहाँ गतवर्ष पनि विभिन्न कार्यक्रम गर्दै आएको र यसवर्ष पनि उनीहरुलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भएको उहाँको भनाई छ ।”
यहाँ चेपाङ समुदायको १३ घर छन् । यतिका घरमा ७० चेपाङ समुदाय छन् । यहाँ विगतमा प्रौढ शिक्षा सञ्चालनका कारण अधिकांश स्थानीयवासीले आफ्नो नाम लेख्न तथा हस्ताक्षर गर्न सक्ने स्थानीयवासीको भनाइ छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
