
मेरो एक हप्ता अघि असुरक्षित शारीरिक सम्बन्ध भएको थियो । कुनै यौन रोग लाग्यो कि भनेर म चिन्तित छु । यौन रोग लागेको कसरी थाहा पाउने ? जोगिन के गर्ने होला ? कति समयमा यौन रोगको लक्षण देखिन्छ ?
-आर
असुरक्षित शारीरिक सम्बन्ध भएको पहिलो ३—४ दिनदेखि २ वर्षसम्म यौन रोगसम्बन्धि लक्षण देखिनसक्छ । करिब ९० प्रतिशत यौन रोगको लक्षण पहिलो एक महिनामा देखिन्छ । यसमध्ये ५० प्रतिशत यौन रोग पहिलो १० दिनमा देखिन्छ । प्राय: हुने यौन रोगहरू जस्तैः योनी वा लिङ्गमा एकदमै दुख्ने घाउ (स्यांक्रोइड) को लक्षण तीनदेखि ४ दिनमा देखिनसक्छ ।
पानीका फोकाहरू आउने, पोल्ने, दुख्ने (हर्पिस) समस्याको लक्षण पहिलो ७ देखि १४ दिनमा आउँछ । कमन गोनोरिया यौन रोगमा सेतो वा पहेँलो गन्हाउने पिपजस्तो पदार्थ योनी वा लिङ्गबाट आउँछ । यस्तो प्रकारको यौन रोगको लक्षण पहिलो ३ देखि ७ दिनमा देखिनसक्छ । मुख्य यौन रोगहरू यीनै हुन् ।
१० दिन पछाडि आउने यौन रोगहरूमा सिफिलिस (भिरिङ्गी) लगायत रहेको छ । यसमा लिङ्ग वा योनीमा नदुख्ने घाउ आउँछ । यो करिब २० देखि ९० दिनसम्म आउनसक्छ । सामान्यतया पहिलो ४ हप्तामा भिरिङ्गीको घाउ आउँछ । यसैगरी टोनोभानोसिस यौन रोगमा छुँदा रगत आउने खालको लिङ्ग वा योनीमा घाउहरू आउँछन् ।

यस्तो घाउ ४ देखि ट हप्तामा आउँछ । त्यसपछि मुसाजस्ता दानाहरु योनाङ्गमा आउँछ । यस्ता प्रकारका दानाहरू करिब ३ महिनामा देखिनसक्छ । त्यसैले पहिलो तीन महिनामा लक्षण नदेखिएमा तपाईंलाई करिब ९९ प्रतिशत यौन रोग लाग्ने संभावना हुँदैन । यसरी यौन रोगसम्बन्धि आफूलाई कुनै जिज्ञासा लागेमा नजिकैको छाला तथा यौन रोग विशेषज्ञसँग परामर्श लिनुहोला । आफूखुशी उपचार गर्ने प्रयास नगर्नुहोला ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
