
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जना परीक्षार्थीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ छन् । त्यस्तै, अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताउनुभयो ।
प्रहरीले परीक्षार्थी पक्राउ गरेपछि काउन्सिलको आकस्मिक बैठकले परीक्षाको नतिजा स्थगन गरेको छ। काउन्सिलले विशेष कारण परीक्षाको नतिजा स्थगित गर्न परेको सूचना निकालेको छ।
काउन्सिलले जारी गरेको सूचना
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

