
लेजरले केन्द्रित किरण उत्सर्जन गर्दछ जुन कपालमा हुने पिग्मेन्ट (मेलानिन) लाई तान्छ र थर्मल ऊर्जा (हिट इनर्जी) मा परिणत गरी रौं लाई भित्रबाट पलाउन दिँदैन । यसले नयाँ कपालको बृद्धि मन्द या ढिलो गराउँछ ।
लेजरले सेलेक्टिभ थर्मोलिसिसको सिद्धान्त अन्तर्गत काम गर्ने भएकाले टार्गेटेड सेलमा मात्र काम गर्छ । लेजरहरू अत्यधिक रूपमा कपाल हटाउन र कस्मेटिक रुपमा प्रयोग गरिन्छ ।
यो केवल आनुवंशिक घटना नभई विभिन्न प्रकारका हर्मोनल डिसअर्डर जस्तैः पोलिसिस्टिक ओभरियन सिन्ड्रोम (पिसिओएस), कुशिंग सिन्ड्रोम, औषधिका साइडइफेक्ट, पिलोनिदल साइनसका लागि पनि प्रयोग गर्न सकिन्छ ।

शरीरका अंग र छालाको प्रकार अनुसार कोहीलाई कम र कोहीलाई धेरै सेसनको जरूरत पर्नसक्छ । रौं हटाउन लेजर सुरक्षित, पीडारहित र प्रभावकारी उपचार हो । केही वर्षयता अत्याधुनिक लेजर मेसिनको विकास हुँदै आएकाले यो थेरापीलाई धेरै आशाजनक बनाएको छ ।
(डा. जोशी नेशनल स्किन केयर एण्ड एस्थेटिक सेन्टर र अल्का हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

