
जनस्वास्थ्य सरोकार, कञ्चनपुर । शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर कृष्णपुर नगरपालिकाका प्रमुख हेमरा ओझा ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थाल्नुभएको छ ।
चिकित्सकसहितको टोली लिएर नगर प्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध गराउने कार्यसँगै आवश्यकताका आधारमा ह्वीलचियर र दिसापिसाब गर्न प्रयोग हुने प्लाष्टिकको कुर्सी निःशुल्क उपलव्ध गराउन थाल्नुभएको हो ।
‘शारीरिक अस्वस्थता भएका व्यक्तिको पहिचान गरी घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यको थालनी गरेका छौँ’ नगर प्रमुख ओझाले भन्नुभयो– ‘चिकित्सकीय सेवासँगै आवश्यक सहायक सामग्री दिने कार्य भइरहेको छ ।’ अहिलेसम्म नगरपालिकाका वडा नं १, २, ८, ९ का आधा दर्जन बढी व्यक्तिलाई सहायक सामग्री उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।
नगरपालिकाका नौवटै वडाका ३२ शारीरिक अस्वस्थता भएका व्यक्तिलाई सहायक सामग्री र चिकित्सकीय सेवा घरदैलोमै पुगेर उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । ‘ह्वीलचियर दातृ निकायको सहयोगमा निःशुल्क वितरण गरिरहेका छौँ’, उहाँले बताउनुभयो– ‘दिसा–पिसाब गर्नका लागि प्रयुक्त हुने कुर्सी नगरपालिकाको आन्तरिक बजेटबाट खरिद गरी वितरण भइरहेको छ, ह्वीलचियर र कुर्सी आवश्यकता भएका पहिचानमा आएका अन्यलाई पनि वितरण गर्छौ ।’ नगरपालिकाको महिला तथा बालबालिका शाखामा ह्वीलचियर र कुर्सी उपलब्ध गराउनका लागि निवेदन सङ्कलन गर्ने कार्य भइरहेको छ । हालसम्म सहायक सामग्रीका लागि २९ जनाले निवेदन दिएका छन् । शाखामा निवेदन दिने कार्य जारी रहेको छ ।
शारीरिक अस्वस्थताका कारण उपचार पाउन नसकेका व्यक्तिलाई घरमै पुगेर सहायक सामग्रीसहित चिकित्सकीय सेवा उपलब्ध गराउने पहिलो नगरपालिका कृष्णपुर बनेको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
