
जनस्वास्थ्य सरोकार, इलाम । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ । सरकारले जन्मदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गर्दैआएको छ ।
बाँकी १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोपका लागि पनि इलाम नगरपालिका सुनिश्चित रहेको जनाएको छ । नगरपालिकाले एक कार्यक्रम गरी आफ्ना १२ वटै वडालाई पूर्ण खोप लगाएको प्रमाणपत्र प्रदान गरेको छ ।
नगरपालिकाले खोप अभियानबाट छुटेका बालबालिकाका लागि गत वैशाख महिनामा पूर्ण खोप अभियान चलाएको थियो । सो अभियानमा नगरपालिकाभरमा तीन जना मात्र बालबालिका खोप लगाउन छुटेको पाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।
अभियानका क्रममा २३ जना बालबालिकाले खोप लगाउँदा लगाउँदै बीचैमा छाडेको पाइएको थियो । ती सबै बालबालिकालाई नियमित खोपमा ल्याएर पूर्ण खोप गराएपछि नगरपालिकालाई पूर्ण खोपको सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो ।
इलाम नगरपालिकामा यो वर्ष ६९१ बालबालिकालाई खोप लगाउनुपर्ने थियो । यो वर्ष नगरपालिकामा ७१३ जना बालबालिकाले बीसीजी, ६४५ ले डीपिटी, ७०६ जनाले दादुरा रुवेलाको पहिलो डोज र ६६० ले दादुरा रुवेलाको दोस्रो डोज खोप लगाएको नगरपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ ।
यसअघि इलाम जिल्लालाई नै २०७२ मा पूर्ण खोप जिल्ला घोषणा भएको थियो । पूर्ण खोप घोषणा भए पनि पूर्ण खोप छ छैन भन्ने सुनिश्चितता गर्नुपर्ने र इलाममा गरिएको स्वास्थ्य शाखा प्रमुख खनालको भनाइ छ ।
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

