
जनस्वास्थ्य सरोकार, ओखलढुङ्गा । खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ। पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो।
सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।
गाउँपालिकाले रोग पहिचान गरेका बालबालिकालाई यही असार २९ देखि आगामी साउन ५ गतेसम्म काठमाडौँमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उनले जानकारी दिनुभयो । गाउँपालिकाले उपचारका लागि जाने बालबालिकालाई यातायातकोसमेत व्यवस्था गरिदिने भएको छ। रासस
प्रकाशित मिति: आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

