
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शिशु प्रदर्शनी गर्ने भएको छ । अस्पतालले एक सुचना जारी गर्दै आउँदो भदौ १ गते ५९ औँ शिशु प्रदर्शनी गर्ने जानकारी दिएको हो ।
अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गर्ने जनाएको छ ।
जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ ।
प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने हुन्छ । प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

