
जनस्वास्थ्य सरोकार, बागलुङ । बागलुङका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो ।
सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरी भएको दिनदेखि ४५ दिनसम्म दैनिक रु दुईका दरले प्रतिमहिला रु नौ हजार सरकारले उपलब्ध गराउँदै आएको छ । आमा र शिशुलाई पोषणको कमी हुन नदिनका लागि विभिन्न कार्यक्रममार्फत सचेतना जगाउने र खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो । स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई यो कार्यक्रममा सहभागी गराइएको हो ।
नियमित खोप र स्वास्थ्य परीक्षण गराउन गर्भवतीलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम प्रभावकारी भएको उहाँको दाबी थियो । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगविरुद्धको डिटी खोप लगाउनु पर्छ । खोप लगाएको र नियमित परीक्षण गराउन स्वास्थ्य कार्यालयले प्रोत्साहित गर्ने गरेको छ । स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीतिअनुरुप गर्भवतीलाई पोषण उपलब्ध गराइएको शर्माले बताउनुभयो ।
हालसम्म चालु आवमा बागलुङभरका एक हजार ३४ सुत्केरी महिलाले ‘सुत्केरी पोषिलो खर्च’ बापत रु ९३ लाख छ हजार पाएका छन् । ‘पोषणसँग सम्बन्धित धेरै काम हामीले गरेका छौँ’, उहाँले भन्नुभयो–‘कुपोषण व्यवस्थापन, पोषण पैरवी, कुपोषित बालबालिकाको खोजीलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ ।’
कार्यालयले पोषण शिविरमार्फत तीन सय ५० जनाको परीक्षण गरेको थियो । तीमध्ये छ जना शीघ्र कुपोषण र मध्यम कुपोषण ३९ जना पत्ता लागेको शर्माले बताउनुभयो । उनीहरुको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ र गण्डकी प्रदेश सरकार मातहतका विभिन्न अस्पतालमा जान भनिएको थियो ।
पाँच वर्षमुनिका बालबालिका कुपोषणको जोखिममा हुने भन्दै जिल्लाका आठ स्थानीय तहमा कार्यालयले पोषण अवस्थाको विषयमा सर्वेक्षण समेत गरेको थियो । सर्वेक्षणमा दुई सय ८७ बालबालिका सहभागी भएका थिए । उनीहरुमध्ये कुपोषित बालबालिका धेरै भएका दुई स्थानीय तहमा पोषण शिविर सञ्चालन गरेर तीन सय ५० बालबालिकालाई सेवा दिइएको कार्यालयको तथ्याङ्क छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
