
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको असारसम्ममा १३ अर्ब ३७ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष भित्र आठ पटक गरी सो बराबरको दाबी रकम बोर्डमा आवद्ध सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो ।
बोर्ड संञ्चालक समितिको असार २२ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेश्की फर्छौट गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार बोर्डले ३७१ वटा सेवा प्रदायक संस्थाहरुलाई आठौं पटक २ अर्ब ९२ करोड ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
बोर्डले चालु आर्थिक वर्षको पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, दोस्रो पटक ६६ करोड ८१ लाख रुपैयाँ, तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख रुपैयाँ, चौथो पटक १ अर्ब १८ करोड ६ लाख रुपैयाँ, पाँचौ पटक १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ, छैटौं पटक १ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ र सातौं पटक १ अर्ब ८९ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितहरुको दाबी रकम बीमा बोर्डमार्फत सेवा प्रदायक संस्थाहरुलाई उपलब्ध गराएको हो ।
सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
