
जनस्वास्थ्य सरोकार, भक्तपुर । अस्पतालसम्म आउन नसक्ने बिरामीलाई गाउँघरमै गएर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने उद्देश्यले भक्तपुर अस्पतालले ‘घरदैलो स्वास्थ्य अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आगामी साउनदेखि जिल्लाका चार वटा नगरपालिकासँग समन्वय गरी स्वास्थ्य पहुँचबाट टाढा रहेका र स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आउन नसक्ने बिरामीलाई लक्षित गरी घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
सुरुमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा अभियान सञ्चालन गर्ने भन्दै उनले क्रमशः मध्यपुरथिमि र भक्तपुर नगरपालिकामा सञ्चालन गरिने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले यसअघि नै घरदैलो स्वास्थ्य सेवा दिँदै आएको जानकारी दिँदै डा गौतमले वडा कार्यालयसँग समन्वय र छलफल गरी आवश्यकताअनुसार सञ्चालन गरिने बताउनुभयो ।
अन्य नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको र वडा कार्यालयसँगसमेत समन्वय गरेर वडा–वडामा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली गएर स्वास्थ्य परीक्षण, औषधि वितरण, रोग पहिचान तथा थप उपचारका कार्यक्रम सञ्चालन गर्ने मेसु डा गौतमले जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले अस्पतालले सञ्चालन गर्ने घरदैलो स्वास्थ्य अभियान कार्यक्रमबाट विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिकालगायत स्वास्थ्य पहुँचबाट टाढा रहेका र छिट्टै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्न नसकेका नागरिकले फाइदा लिनसक्ने बताउनुभयो । उक्त कार्यक्रममा रोग पहिचान भएका बिरामीलाई भने अस्पतालमा ल्याएर उपचार गर्नेरगराउने व्यवस्था गरिने उहाँको भनाइ थियो । रासस
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

