
जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘एडल्ट बेसिक लाईफ सपोर्ट’ तालिम सम्पन्न भएको छ ।
विराटनगर सेन्ट्रल लायन्स क्लव, लियो क्लव सेन्ट्रलको आयोजना र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सहकार्यमा तालिम सम्पन्न गरिएको हो ।
तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सि का डिस्ट्रीक गभर्नर बिजयहरी शर्माले गर्नुभएको थियो । तालिममा विभिन्न लियो क्लवका प्रतिनिधीहरुको सहभागिता जनाएका थिए ।
दुर्घटना र कुनै भवितव्यका कारण घाइते वा अचेत मानिसको जीवन रक्षाका लागि तत्काल अपनाउनु पर्ने सामान्य सुरक्षा विधी र ज्ञानको कमिले गर्दा विश्व भरमा धेरैले ज्यान गुमानु परेको छ ।
यस्ता तालिमले आकस्मिक अवस्थामा जो कसैले पनि सामान्य सुरक्षा विधी अपनाउन सकेको खण्डमा थप जोखिमको अवस्थालाई न्यूनिकरण गर्न सकिन्छ ।
तालिममा नोबेल मेडिकल कलेजका एनेस्थेसिया तथा सघन उपचारका डा. बन्दना, डा. रुपक, डा. शुभम, डा. रोशन, डा.पारशमणी, डा. सागर, डा. मोनिका, डा.सन्जय, डा. निलम, डा. शेरिना, डा. शैलेश, डा. राजिब र डा. दिनेश सहितको टोलिले लियोका सद्स्यहरुलाई तालिम प्रदान गर्नुभएको थियो ।
तालिमका बारेमा प्रष्ट पार्दै डाक्टर बन्दनाले कुनै पनि दुर्घटना वा भवितव्य आइ पर्दा अप्नाउनु पर्ने सामान्य सुरक्षा बिधिका बारेमा तालिम प्रदान गरिएको बताउनुभयो ।
बिराटनगर सेन्ट्रल लियो क्लबका अध्यक्ष लियो जीवन कुमार यादबले क्लबले जीवन सुरक्षा सग समबन्धी बिषयमा तालिम प्रदान गरिएको र तालिममा सिकेका सिपहरुलाइ आवश्यक स्थानमा प्रयोग गरेर जीवन जोगाउनका लागि लियोहरु खटिनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । नोबेल शिक्षण अस्पतालमा विभिन्न संघ संस्थाहरूको समन्वयमा विविध तालिमहरूको आयोजना हुँदै आएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
