जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सिता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ः३३ बजे नर्भिक हस्पिटलमा निधन भएको हो ।

६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्थ्यो । मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ। उहाँमा मधुमेह र उच्च रक्तचाप पनि थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो। अस्पताल पुर्याएको केही समयमा उहाँको निधन भएको चिकित्सकले घोषणा गरेका थिए । यसअघि उहाँलाई अमेरिका, भारत र सिंगापुरमा लगिए पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

