
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले अब काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिनुहुने भएको छ ।
चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा. सायमी केएमसीमा आवद्ध हुनुभएको हो ।
प्रा.डा. सायमीले साउन १ गतेदेखि उपचार सेवा शुरु गर्ने केएमसीकी अध्यक्ष सोइना शर्माले जानकारी दिनुभयो ।
उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा. सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउन लागेको हो ।
शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गर्नुभएको थियो । उहाँले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई अध्यापन गराउदै आउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

