जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकको स्वास्थ्य र शिक्षा सेवाका क्षेत्रमा क्रियाशील धनयोगा फाउन्डेसन नेपालले बूढानीलकण्ठ नगरपालिका–५ स्थित अनाथ असहाय बालसुधार समाजमा आश्रित १० बालबालिकालाई एक वर्षका लागि छात्रवृत्ति सहायता स्वरूप तीन लाख रूपैयाँ प्रदान गरेको छ ।

बाल सुधार समाजमा बिहीबार आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा धनयोगा फाउण्डेसन, नेपाली अध्यक्ष स्मृति शर्मा तिवारी र बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले बालसुधार समाजका पदाधिकारीहरूलाई उक्त रकमको चेक हस्तान्तर गर्नुभयो ।

छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर लामाले फाउण्डेसनको उक्त सहयोग रकम बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा पूर्ण सदुपयोग हुनुपर्ने बताउनुभयो । फाउण्डेसनकी अध्यक्ष तिवारीले उक्त रकमको सदुपयोग भए संस्थाले छात्रवृत्ति कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बताउनुभयो ।
फाउण्डेसनका सदस्य डा.महेश कुमार गौतमले बालसुधार समाजमा आश्रित बालबालिकाको नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिइनुपर्ने बताउनुभयो । उक्त अवसरमा उहाँले छात्रवृत्ति पाएका बालबालिकाको स्वास्थ्य परीक्षण पनि गर्नुभएको थियो ।

बालसुधार समाजका तर्फबाट महासचिव रुस्तम खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो । धनयोगा फाण्डेसन, अमेरिकाद्वारा प्रायोजित छात्रवृत्ति वितरण कार्यक्रमको समन्वय तथा सहजीकरण बूढानीलकण्ठ नगरपालिकाले गरेको हो ।

कार्यक्रममा फाउण्डेसन र बालसुधार समाजका अन्य पदाधिकारीहरूको पनि उपस्थिति थियो ।
यसैगरी धनयोगा फाउन्डेसनले यसैवर्ष श्री सरस्वती वाल आश्रमलाई १० जना बालबालिकाका लागि ३ लाख २ हजार ६ सय र श्री पूर्वाञ्चल ज्ञानचक्सु स्कुल धरानलाई २० जना बालबालिकाका लागि ८ लाख ५८ हजार धनयोगा छात्रवृत्ति २०२३ प्रदान गरेको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
