
जनस्वास्थ्य सरोकार, दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा अक्सिजनको सिलिण्डर विष्फोट हुँदा एक बिरामीको मृत्यु भएको छ ।
अक्सिजनको सिलिण्डर विष्फोट हुँदा घोराही–३ बर्गद्धी निवासी ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृगी रोगका बिरामी रहेका नेपालीलाई प्रतिष्ठानको एमआरआई कक्षमा एमआरआई गर्न लैजाँदै गर्दा सिलिन्डर अचानक विष्फोट भई एमआरआई मेसिनमा गएर बजारिँदा बालक गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा बालकको ज्यान गएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो । मृतक वालकलाई मङ्गलवार साँझ राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचारका लागि ल्याइएको र चिकित्सकको सल्लाह अनुसार बालकलाई भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना गरेको १२ घण्टापछि बालक बिस्तारै निको हुँदै गएको तर डाक्टरले बेहोस हुनुको कारण एमआरआई गरेपछि मात्र थाहा हुने भनेपछि बालकलाई एमआरआई कक्षमा लगिएको बालकका आफन्त रुपा नेपालीले जानकारी दिनुभयो । अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दाबी छ । मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
