
जनस्वास्थ्य सरोकार, ललितपुर । श्रवणशक्ति नभएका, गुमाएका वा सुस्त श्रवणशक्ति भएका व्यक्तिहरुको सहज उपचारका लागि जावलाखेलको क्लिनिक वानले बहिरामैत्री क्लिनिक सञ्चालनमा ल्याएको छ ।
क्लिनिक वानले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघको सहकार्यमा बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिहरुका लागि समावेशी र सहयोगी वातावरणमा स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाएको हो ।
क्लिनिकमा बहिरा तथा सुस्त श्रवणशक्ति भएका बिरामीहरुको सहजताका लागि दोभाषेको व्यवस्था गरिएको छ ।
सुनाई सम्बन्धी अपांगता भएका बिरामीहरुले दोभाषेमार्फत चिकित्सकसँग सही परामर्श लिन सक्ने क्लिनिकका प्रवन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिनुभयो ।


प्रकाशित मिति: बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

