
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन् । आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिंदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गर्नुभयो ।
आर्थिक विधेयक २०८० ले विदेशबाट आयात गरिने र स्वदेशमै बनेको बिँडीमा प्रतिखिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र तयारी खाने खुर्ती, गुट्खा, पान मसला प्रतिकिलो प्रतिकिलो रु ६० का दरले स्वास्थ्य जोखिम कर लगाई असुल हुने उल्लेख गरेको छ ।
प्रस्तावमा बिँडीमा प्रतिखिल्ली ३० पैसाको सट्टा ४०, चुरोट र सिगार ६० पैसाको सट्टा ७५ पैसा कामय गर्ने र खुर्ती, गुट्खा, पान मसला तयारी प्रतिकिलो रु ६० रहेकामा बढाएर रु ७० पुर्याउन माग गरिएको छ ।
सुर्तीजन्य वस्तुको प्रयोगका कारण स्वास्थ्यलाई हानि गर्ने र क्यान्सर जस्तो गम्भीर रोग निम्त्याउने भएका कारण स्वास्थ्य सेवा कर बढाइनुपर्ने सांसद दाहालले बताउनुभयो ।
सुर्तीजन्य वस्तुको बिक्री वितरणबाट उठाइने करमध्ये ८० प्रतिशत क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने सुझाव राष्ट्रियसभाबाट आएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
