
जनस्वास्थ्य सरोकार, काठमाडौँ । दुई दिन अघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा झुण्डिएर आत्महत्या गरेका फार्मेसी इन्चार्ज अमृत पोख्रेलको परिवारले सहकर्मीले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमै कार्यरत नर्स तथा पोख्रेलकी धर्मपत्नी मोनिका कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले लेख्नुभएको छ–‘मेरो श्रीमानको शालीनता, ईमानदारीलाई कमजोरीको रुपमा लिएर नियोजित ढंगले मनमोहनमा आर्थिक अनियमितता गर्न नपाएका पापीहरुले मानसिक यातना, डर, त्रास र धम्की दिएर मृत्यु वरण गर्न बाध्य बनाएका हुन् ।’
‘एउटा ईमानदार राष्ट्र सेवकलाई मर्न बाध्य बनाईएको कुरा सुसाईड नोटमा पनि उल्लेख गर्नुभएको छ । श्रीमानको आत्माको शान्तिको लागि म र हाम्रो छोराको न्यायको लागि सत्यतथ्य सार्वजनिक गर्न, न्यायिक छानबीन गर्न तपाईहरु समक्ष हामी टुहुरा आमा छोराले सादर अनुरोध गर्दछौं।’–उहाँले थप लेख्नुभएको छ ।
छोराको स्वास्थ्य अवस्था खराव भएकाले अस्पतालमा उपचार गराईरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
सेन्टरका फार्मेसी इन्चार्जका रुपमा कार्यरत पोखरेल शुक्रबार अस्पतालको दोस्रो तलामा रहेको फार्मेर्सीको स्टोरमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो ।
घटनाको छानबिन गर्न अस्पतालका पूर्वनिर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन समेत गरिएको छ । समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
