
जनस्वास्थ्य सरोकार, काठमाडौं । ट्रु डर्मा एस.ए. प्रा.लि.ले ‘पार्लर रेञ्ज’ मा ‘टुमी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू नेपाली बजारमा ल्याएको छ । ट्रु डर्मा एस.ए.ले डर्मा कस्मेटिक्स र ट्रु सप्लिमेन्ट्री क्षेत्रमा करिब १२ वर्षदेखि काम गर्दै आएको छ ।
अमेरिकन प्रविधिमा आधारित यी सामाग्रीहरू कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियल लगायतका रेञ्जमा उपलब्ध छन् ।
सेवाग्राहीले खोजेजस्तै चम्किलो र चिल्लो कपाल, कपाल नझरोस् भनेर रिसर्च एण्ड डेभलभमेन्टअन्तर्गत करिब डेढ वर्षको समय अध्ययन गरेर राम्रो परिणाम देखिएपछि मात्र यो उत्पादन बजारमा शुरू गरिएको ट्रु डर्मा एसएसका प्रबन्ध निर्देशक सुशान्त मुरारकाले बताए । ‘अमेरिकन प्रविधिमा आधारित यी सौन्दर्य सामाग्रीहरूको गुणस्तर विश्वनीय छ’, उनले भने ।
जथाभावी गुणस्तहीन केराटिनको प्रयोगले कपाल झर्ने, विभिन्न समस्या आउन सक्ने भएकाले जहिले पनि उच्च गुणस्तरको केराटिनबाट उपचार गर्नुपर्ने प्रबन्ध निर्देशक मुरारकाको धारणा छ । ट्रु मीका उत्पादन रसायनरहित भएकाले सेवाग्राहीको आँखा, छाला र कपाललाई कुनै असर नगर्ने प्रबन्ध निर्देशक मुरारकाले स्पष्ट पारे । टुमी का उत्पादन कस्मेटिक पसल, फार्मेसी र पार्लरहरूमा उपलब्ध छन् ।
यो उपचारले कर्ली कपाललाई स्ट्रेट बनाउन मद्दत गर्छ । केराटिन एक प्रकारको प्रोटिन हो जसले कपाललाई शक्ति प्रदान गर्नुका साथै कपाल चिल्लो र चम्किलो बनाउन पनि मद्दत गर्छ । केराटिन स्याम्पो र हेयर सेरम आफैले पनि प्रयोग गर्न सकिन्छ । तर केरोटिन उपचार प्रायः पार्लरहरूमा धेरै प्रयोग हुने गरेको पाइन्छ ।
प्रायः व्युटिसियनहरूलाई केरोटिन उपचारको अनुपात मिलाउन सक्ने ज्ञान हुने भएकाले देशका विभिन्न भागका व्युटिसियनहरुलाई तालिम दिन पनि सुरू गरिएको प्रबन्ध निर्देशक मुरारकाले जानकारी दिए । पहिलो पटक केराटिन उपचार गर्दा स्किन प्याच टेष्ट गराउनुपर्दछ । सेवाग्राहीले आप्mनो छालाको प्रकृति हेरेर उपचार रोज्नुपर्छ ।

बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
