
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आजदेखि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिनुभयो । दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ । अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले बिहान ८ः१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णण गरेको थियो ।
-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२