
जनस्वास्थ्य सरोकार, हेटौँडा । हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ। मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो।
चुरेहिलमा डायलाइसिस सेवा बन्द भएपछि उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।
योसँगै डायलाइसिस सेवा लिन बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। बिरामीले अब हेटौँडामै सेवा पाउने हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो। नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाको सहयोगमा उपमहानगरले सुरु गरेको डायलाइसिस सेवा थप प्रभाकारी बनाइने बताउनुभयो ।
हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँका अनुसार डायलाइसिस सेवाका लागि ४५ बिरामी पर्खाइमा छन्। हेटौँडा अस्पतालले हाल १३ मेसिनबाट डायलाइसिस सेवा दिँदै आएको छ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
