
जनस्वास्थ्य सरोकार, हेटौँडा । हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ। मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो।
चुरेहिलमा डायलाइसिस सेवा बन्द भएपछि उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।
योसँगै डायलाइसिस सेवा लिन बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। बिरामीले अब हेटौँडामै सेवा पाउने हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो। नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाको सहयोगमा उपमहानगरले सुरु गरेको डायलाइसिस सेवा थप प्रभाकारी बनाइने बताउनुभयो ।
हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँका अनुसार डायलाइसिस सेवाका लागि ४५ बिरामी पर्खाइमा छन्। हेटौँडा अस्पतालले हाल १३ मेसिनबाट डायलाइसिस सेवा दिँदै आएको छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

